पोखराको लेकसाइडबाट २५ किलाे गाँजा सहित सिन्धुलीका मोक्तान पक्राउ

पोखराको लेकसाइडबाट २५ किलाे गाँजा सहित सिन्धुलीका मोक्तान पक्राउ

ganjaa

सांकेतिक तस्बिर

पोखरा। कास्की प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -६ लेकसाइड स्थित सुबिलम्ब होटलको १०५ नम्बर कोठाबाट २५ किलो २ ग्राम गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका -५ बस्ने २४ वर्षीय विक्रम मोक्तान छन्।

प्रहरीका अनुसार सोमबार दिउँसो उक्त होटलमा लागू औषध गाँजाको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उक्त परिमाणको गाँजा सहित मोक्तानलाई पक्राउ गरेको हो।

बोरामा लुकाइएको अवस्थामा पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ