सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी सोही वडाका ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडित किशोरीका अनुसार आफूलाई बलात्कार गर्नेमध्येका एक जनालाई तिहारमा लगाएको टीकाबारे पनि सम्झाएकी थिइन् । ‘तपाईंहरू मेरो दाइजस्तै हो, तिहारमा तपाईंलाई लगाएको टीकाको कम्तीमा लाज राख्नुस् भनेँ तर केही सुनेनन्, कुटपिट गर्दे मेरो अस्मिता लुटिरहे,’ पीडित किशोरीले भनिन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत असार २९ गते राति साढे १० बजेतिर ती किशोरीलाई भेट्न एक जना साथी आएका थिए । त्यसलगत्तै ४ जना आरोपी छिरेर किशोरी र उनका साथीलाई कुटपिटसमेत गरे । किशोरी र उनका साथीको तस्बिर खिचेर सार्वजनिक गर्ने उनीहरूले धम्की दिए । त्यसपछि किशोरीका साथीलाई घरमै थुनेर नजिकै रहेको घरमा लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
आरोपीमध्येका कैलाश भनिने टेकराज पोखरेलको निर्देशनमा ३ जनाले आफूलाई बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको जाहेरीमा भनेकी छिन् । बलात्कारपछि किशोरीलाई कुटपिट गर्दै घरमा लगेर छोडिदिएको प्रहरीले जनाएको छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले बताएकी छिन् । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने किशोरीका बुवा कामका सिलसिलामा जनकपुर गएका थिए । किशोरीकी आमा र बहिनीलाई अर्को कोठा राखेर चुकुल लगाइ आरोपीहरूले थुनेका थिए ।
पक्राउ परेका चारै जनालाई मंगलबार अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला