सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्यो ।
पोखराान पनि केदारेश्वर महादेवमणि मन्दिर, पुम्दिको विशाल शिव मन्दिर, महतगौंडाको हरिहर मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर लगायतका शिव मन्दिरहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा भीड लागेको थियो ।

पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिई भक्तजनहरु शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका थिए । पोखरामा केदारेश्वर र पुम्दीभुम्दीको शिव मन्दिरमा ठूलो भीड जम्मा भएको थियो ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समितिले पोखरामा बोलबम शिवपथ जलयात्रामा गर्दै आएको छ । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो ।

गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पणसँगै पूजा गर्ने गर्दछन् ।
साउनको महिनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिङ्गमा चढाउने गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध