हरिहर मन्दिरको शिवलिङ्गमा जल चढाउनेको भिड

हरिहर मन्दिरको शिवलिङ्गमा जल चढाउनेको भिड

jan chadaudai

पोखरा। ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र पोखरा १७ महतगौडास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र गौमुखे जलधारा निर्माण गरिएको छ ।

साउने संक्रान्ति सोमवार हिन्दु धर्मावलम्वी भक्तजनले १०८ गौमुखे जलधारामा स्नान गरि शिवलिङ्गमा सेतीनदीवाट ल्याएको जल सहित गाईको दुध र वेलपत्र चढाउएको आज विहानैदेखि भिड लागेको थियो ।

प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झल्को दिने गरि ४२ लाख ५० हजारको लागतमा निर्माण सम्पन्न गरिएको शिवलिङ्ग र जलधाराको पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले आज एक कार्यकक्रमका बीच उद्घाटन गरिन् ।

पोखराको पौराणीक एवमे ऐतिहासिक मन्दिर सदाशिव सिद्धेश्वर हरिहर रहेको स्मरण गर्दे उनले प्राकृतिक पुल, चौतारिमा अवस्थित सिताको पाईला,रामजानकी मन्दिर, पोखरा वृद्धाश्रम लगायतका यस स्थानका धार्मिक एवम् प्राकृतिक सम्पदाको प्रचार प्रसारको माध्यमबाट आन्तरिक एवम् वाह्रय पर्यटक प्रवद्र्धनमा जोड दिनु पर्ने बताइन् ।

यस क्षेत्रको समग्र विकास निर्माणमा तीनै तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिंदै वडाअध्यक्ष योगीले धार्मिक क्षेत्रको विकासमा वडास्तरबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारी शर्माका अनुसार पैसा नभईकन शुरु गरिएको शिवलिङ्ग र जलधारा निर्माणमा सहयोगदाताको सहयोगले ‘तँ आँट, म पु¥याउँछु’ भन्ने उक्ति चरितार्थ भएको बताए।

व्यवस्थापन समितिको निर्णय अनुसार पितृ उद्धारका निम्ति एक जोडि शिवलिङ्ग र धारा निर्माणका लागि १५ हजार रुपैयाका दरले आर्थिक संकलन गरिएको बताउँदै उनले सवैको साथ र सहयोगबाट मन्दिर सौन्दर्यकरणमा सहयोग पुगेको प्रतिक्रिया दिए ।

सो क्षेत्रमा शिबलिङ्ग र जलधारा सहित प्रवेशद्धार, हनुमान मूर्ति, पानी बोरिङ लगायतका ३५ योजनाका लागि ९८ लाख रुपैया भन्दा बढी खर्च भएको कोषाध्यक्ष इसारा थापाले कार्यक्रममा जानकारी दिइन् ।

मन्दिर परिसरमा विविध भौतिक संरचना निर्माणमा सहयोग गर्ने दातालाई सम्मान पत्रले सम्मान गरिएको कार्यक्रममा समितिका सचिव हरिहर भण्डारी, प्राविधिक विनोद भण्डारी, सञ्चालक कमल पुन लगायतले साउने सक्रान्ति सोमवार आजै परेको औसिको महत्व मार्थि प्रकाश पारेकी थिइन्।

त्यस अघि आज विहानै भक्तजनहरुले सेतीनदीस्थित सिताघाटमा स्नान गरि विभिन्न आमा समुह, मन्दिर व्यवस्थापन समिति, जनप्रतिनिधि सहितको कलस यात्रा मन्दिर परिसरमा पुगेर शिवलिङ्गमा जल, दुध र वेलपत्र अर्पण गरि कार्यक्रममा सहभागि भएका थिए ।

विक्रम सम्वत १८६४ सालमा तत्कालिन कास्कीकोटका राजा कुलमण्डल शाहले सिताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन पाएपछि सो स्थानको धार्मिक महत्व बुझेर मन्दिर निर्माण गरिएको शिलालेखमा उल्लेख छ ।

सोही अवधिमा मन्दिरको नित्यपुजाको लागि पोखरा १७ पार्दी विरौटामा २९ रोपनी १२ आना गुठी जग्गाको समेत व्यवस्था गरिएको लालमोहोरमा उल्लेख छ । जग्गाको व्यवस्था मन्दिर समितिले गर्दै आएको सचिव हरिहर भण्डारीले जानकारी दिए ।

साउनको पहिलो सोमवार आज विहानैदेखि सेतीनदीस्थित रामघाट, तुलसिघाट, सिताघाट लगायका स्थानबाट कलसयात्राका सहभागि भक्तजनले ल्याएको जल पोखराका केदारेश्वर, ओमकारेश्वर, गुप्तेश्वर महादेव लगायतका शिवालयहरुमा चढाउनेको भिड देखिन्थ्यो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds