पोखरा । पत्रकार खेम सारु मगरलाई मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०७९ प्रदान गरिएको छ । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्वारा सञ्चालित सो पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।
पत्रकार एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसलाई मगर पत्रकार संघ कास्कीको बुधबार बसेको बैठकले अनुमोदन गरेको थियाे । श्रव्यदृश्य माध्यमबाट मौलिक कौराहा संरक्षणमा योगदान पुर्याउँदै आएका पत्रकारलाई सो पुरस्कार प्रदान गरिँदै आएको राष्ट्रिय मौलिक कौरा संरक्षण समितिका केन्द्रीय अध्यक्ष हर्क आलेमगरले बताए ।
२०७५ सालमा स्थापित सो पुरस्कारबाट यसअघि कमला रानामगर, तिलक पुर्जा पुनमगर, प्रताप रानामगर, एमबी आस्था मगर र मनोज घर्तीमगर सम्मानित भइसकेका छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ