अष्ट्रेलिया लैजान लागेको सुन तथा डाईमन्डसहित महिला पक्राउ

अष्ट्रेलिया लैजान लागेको सुन तथा डाईमन्डसहित महिला पक्राउ

arrest gold

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन र डायमण्डसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌+ ५४ ग्राम ७५ मिलिग्रामसहित अष्ट्रेलिया जान लागेकी नेपाली मुलकी अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई भन्सार छलेको गहनासहित विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ गरेको हो।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ