मिटरब्याज सम्बन्धी विधेयक पास गर्न एमालेले सहयोग गर्ने

मिटरब्याज सम्बन्धी विधेयक पास गर्न एमालेले सहयोग गर्ने

uml_meeting

काठमाडौं । नेकपा एमालेले मिटरव्याजी विरुद्धको विधेयक पारित गर्न सहयोग गर्ने भएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा एमालेले विधेयक पास गर्न सहयोग गर्ने एमाले संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिए ।

शनिबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले मिटरव्याजबारे सरकारले ‘आफूले काँक्रो चोरेर बियाँ अरूको गालामा टाँसिदिने’ सरकारको यस छलकपट र द्वैध भूमिकाको पार्टीले भर्त्सना गरेको थियो ।

साथै, बैठकले सरकारकै कारण प्रतिस्थापन विधेयक निष्क्रिय भइसकेको परिप्रेक्ष्यमा अविलम्ब नयाँ विधेयक ल्याउन पार्टी सरकारको ध्यानाकर्षण गराएको थियो ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार बैठक बसिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले सभामुख देवराज घिमिरे, कांग्रेसका नेताहरू र कानुनमन्त्री धनराज गुरुङलाई भेटेर उक्त विधेयक अघि बढाउन सुझाव दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ