एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोबारे भीम रावलद्वारा टिप्पणी

एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोबारे भीम रावलद्वारा टिप्पणी

bhim-rawal

नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् ।

अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयनबारे चासो राखेकोमा रावलले आपत्ति पनि जनाएका छन् ।

रावलको प्रश्न छ, ‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनै पर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठुला दलका नेतालाई भेट्नुपर्ने किन ?’ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठुला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’

सहायक विदेश मन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds