उच्च अदालत पोखराले लेकसाइडको बाराही घाटमा सूर्य नेपाल प्रालिले बनाउँदै गरेको सार्वजनिक शौचालयको काम यथास्थितिमा राख्न आदेश दिएको छ ।
न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले निर्माण कम्पनीलाई काम यथास्थितिमा राखी विपक्षीलाई बाटोको म्यादबाहेक १५ दिनभित्र कारणसहित उपस्थिति हुन निर्देशन पनि दिएको छ । पोखरा महानगरपालिका र वडा नं ६ को वडा कार्यालयसँग लिखित जवाफ पनि माग गरेको छ ।
सूर्य नेपालले निर्माण र एरोसन प्रालिले सञ्चालन गर्ने गरी शौचालय निर्माण भइरहेकाे थियाे । पोखरा महानगरपालिकाको संयोजकत्वमा बन्ने शौचालयमा सूर्य नेपालले डेढ करोड रुपैयाँ लगानी गर्ने बताइएको थियो । तल्लाे तल्लामा शाैचालय र माथिल्लाे तलामा व्यवसाय गर्ने याेजना बनाएका छन् ।

यस विरूद्ध पाेखराका ५ युवाले दिएको रिटको सुनुवाइ गर्दै उच्च अदालतले शौचालय निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो । युवा अभियन्ताहरू अनिल थापा, राजेन्द्र अधिकारी, आनन्द कुँवर, कृष्ण बराल र सुजन बाटाजूले जनताले संरक्षण गरेर जोगाएको सार्वजनिक जग्गामा स्वार्थपूर्ण हिसाबले कानुनबिपरीत निजी कम्पनीलाई १५ वर्षका लागि ठेक्का दिइएको भन्दै रिट दिएका थिए । रिट निवेदकको तर्फबाट रोहितराज बास्तोला र भगवती पहारीले बहस गरेका थिए ।
रिट निवेदकहरूले महानगरले सार्वजनिक जग्गा संरक्षणको साटो अरुलाई दिएर अनुचित लाभ लिन खोजेकाले अदालत जानुपरेको बताए । उनीहरू भन्छन्, ‘सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने पोखरा महानगरपालिकाले उल्टै व्यावसायिक कम्पनीलाई भाडामा दिएपछि रिट दायर गरेका हाैँ ।’

सूर्य नेपालले बनाउन लागेको शौचालयको ५० मिटरमा महानगरको शौचालय नै छ । यस्तै, बाराही चोकनजिकै चौरभित्र नेपाल लिटरेचर फेस्टिभल आयोजकले बनाएका २ वटा शौचालय छन् । तर, त्यसको व्यवस्थापन गरेर सञ्चालन गर्न सक्ने अवस्था हुँदा हुँदै सार्वजनिक खरिद ऐनबिपरीत १५ वर्षलाई सूर्य नेपाललाई स्वीकृति दिइएकोमा स्थानियकाे विराेध हाे ।
सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो