पोखरा महानगरपालिका वडा नम्बर २६ ले बुढिबजार देखि खरानेफाँटसम्मको सडक विस्तारको काम शुरु गरेको छ । विजयपुर सिंचाई प्रणालीको नहरको एकतर्फी रहेको उक्त सडकलाई दुवैतर्फबाट सवारी साधन संचालन गर्न मिल्ने गरी बिहिबारदेखि वडाले विस्तारको काम शुरु गरेको हो ।
वडाले ३५ दिने र त्यसपछि थप सात दिनको सूचना प्रकाशित गरी स्थानीयलाई मापदण्ड भित्रको संरचना हटाउन अनुरोध गरेको थियो । वडाले सूचना गरेपछि स्थानीयले स्वतस्फूर्त रुपमा आफ्नो घर अगाडि मापदण्ड भित्रको संरचना हटाएका थिए । धेरै जसो ठाउँमा स्वतस्फुर्त रुपमा स्थानीयले आफै संरचना हटाएको उल्लेख गर्दै, वडाध्यक्ष नरेन्द्र थापाले केही जटिल ठाउँमा डोजर लगाइएको बताए ।
सडक एकतर्फी संचालन हुँदा लामो समय देखी ट्राफिक जामको समस्या देखिदै आएको र सडक विस्तार अति आवश्यक भएकाले वडाले प्राथमिकताका साथ कार्य थालनी गरेको अध्यक्ष थापाले बताए । स्थानीयको भौतिक संरचनामा कम क्षति होस् भन्ने उद्देश्यले सम्बन्धित घर तथा जग्गाधनीलाई सहजीकरण समितिमा राखेर काम गरेको समेत अध्यक्ष थापाले उल्लेख गरे । बल प्रयोग गरेर नभई समझदारी र सहकार्यमा जटिल काम सहज तरिकाले गर्न सकिन्छ भन्ने उदाहरण बनेको अध्यक्ष थापाले बताए ।
सहजीकरण समितिका संयोजक मुरारी बरालले एक दुई वटा संरचनाका घरधनीले थप क्षति नहुने गरी हटाउन चाहेकाले केही समय दिईएको बाहेक अन्यत्र वडाले अहिले सडक विस्तारका लागि तोकेको क्षेत्राधिकार भित्रका टहरा तथा कम्पाउण्डवाल सहज तरिकालै हटाईएको बताए ।
बुढीबजार चोकदेखि खरानेफाँट वडा नंं २६ को सिमानासम्म करिव डेढ किलोमिटरको दुरीसम्म मापदण्ड भित्रका संरचना हटाउने गरी वडाले योजना बनाएको र आर्थिक बर्ष २०८०/०८१ का लागि उक्त सडकमा एक करोड रुपैया विनियोजन गरेको समेत अध्यक्ष थापाले बताए । सडक विस्तार चुनौतीका रुपमा रहेको थियो, सबैको सहयोग र साथले सहज भयो अध्यक्ष थापाले भने—“सडकको स्तरोन्नती सहित सौन्दर्यकरण गरिने छ ।”
तस्वीरः भीमपाणी बराल
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने