गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीत रहेकोे गीत एसटु प्रोडक्सन प्रालिले प्रस्तुत गरेको हो । एस टु प्रोडक्सनको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
प्रालिले एक दशक भन्दा लामो समयदेखि म्युजिक भिडियो, कमर्सियल एड र रियालिटी सो सम्बन्धी काम गर्दै आएको छ । प्रालिकै प्रस्तुती रहेको यो गीत विश्व दोङले गाएका हुन् । गीतमा वरिष्ठ नृत्य निर्देशक शुवास राई र रिक्साङ गुरुङको आकर्षक अभिनय रहेको छ । लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका बासिन्दा बिष्टले यो गीत दुई बर्ष अघि लेखे पनि अहिले आएर श्रव्यदृष्यमा समेटिएको हो ।
गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ । यो गीत खासगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको बिष्टले बताए । यसअघि लोमान्थाङमै बसम र हिमाल पारी लोमान्थाङ गाउँ गरी दुई गीत बजारमा ल्याइसकेका बिष्टको यो तेश्रो गीत हो । आमा तिम्रो बोल भएको चौंथो गीत पनि आफूले लेखिसकेको उनले सुनाए ।
गीतको अरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् । गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मञ्जु श्रेष्ठको मेकअप रहेको गीतको कोरियोग्राफर भने एमडी सुुवास गुरु हुन् ।
कोरस नृत्यमा भने महिला तर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुष तर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले साथ दिएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते