राजकीय सम्मानका साथ सीता दाहालकाे अन्त्येष्टि

राजकीय सम्मानका साथ सीता दाहालकाे अन्त्येष्टि

प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

Sita-Dahal-Death

तस्बिर : रासस

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर शुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

बुधबार अपराह्न पशुपति आर्यघाटमा पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डसहित छोरीहरु रेणु र गंगा दाहालले दागबत्ती दिएका हुन्।

त्यसअघि नेपाली सेनाको टुकडीले सलामी दिएको थियो भने पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइएको थियो ।

अन्त्यष्टीमा मन्त्रीहरु विभिन्न दलका शीर्ष नेताहरु, पूर्वप्रधानमन्त्रीहरु, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायत उपस्थित थिए भने सर्वसाधारणको उपस्थति थियो ।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ