मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

लुक्लाबाट काठमाडौं उडेको १५ मिनेटपछि नै सम्पर्क टुट्याे

9NAMV Manang Air

लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। त्रिभुवन विमास्थलकाका अनुसार बिहान १० बजे साेलुकाे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो।

हेलिकप्टर पौने ११ बजे काठमाडौं पुग्नुपर्नेमा अहिलेसम्म सम्पर्कमा छैन । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । पाँच जना विदेशी नागरिक छन्, पाइलट नेपाली हुन्।

मनाङ एयरका अनुसार ९एन एएमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिकप्टरको खोजी कार्य जारी रहेको बताइएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ