भारतमा एक नेपालीको मृत्यु

भारतमा एक नेपालीको मृत्यु

mrita fela

पोखरा । भारतमा एक नेपालीको मृत्यु भएको छ ।

भारतको चन्डीगढमा रोजगारको सिलसिलामा पुगेका रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगारका ४५ वर्षका पिमलाल वलीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

दैनिकजसो सोमबार बिहानको खाना खाएर आफ्नो काममा फर्कनुअघि आराम गरेका वली एक्कासी बेहोस भएका थिए । बिरामी भएपछि चन्डीगढस्थित १६ सेक्टरको एक अस्पतालमा सुरुमा उपचार गर्न पु¥याइएका उनलाई पछि थप उपचारका लागि चन्डीगढकै ठूलो मानिने पीजीआई अस्पतालमा पु¥याइएको थियो ।

त्यहीँ उनलाई सोमबार राति पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनी भारतमा परिवारसहित लामो समयदेखि नै रोजगारी गर्दै आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds