पोखरा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले आदिवासी जनजातिको मातृभाषा संरक्षणका लागि प्रदेश सरकारले बजेटमार्फत् विशेष सम्बोधन गरेको बताएका छन् ।
नेपाल मगर संघ, माटेपानी इकाई समितिको २९ औं स्थापना दिवसका अवसरमा सोमबार पोखरामा आयोजित प्रथम शहीद लखन थापामगरको शालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले स्थानीय तहसँग समन्वय गरेर मातृभाषामा पाठ्यक्रम निर्माण गर्न प्रदेश सरकारले बजेटमार्फत् विशेष सम्बोधन गरेको उल्लेख गरे ।
मगर भाषाको संरक्षण गर्न समुदायले पनि विशेष चासो दिनुपर्ने उल्लेख गर्दै उनले नयाँ पुस्तालाई मातृभाषा बोल्न सिकाउन आवश्यक रहेकोमा जोड दिए । एक अर्को प्रसंगमा उनले नेपालमा प्रजातन्त्र ल्याउन र जहाँनियाँ निरंकुश राणा शासनको अन्त्यका लागि प्रथम शहीद लखन थापामगरको शहादत महत्वपूर्ण रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले मगर जातिलगायतका विभिन्न जातजातिको भाषा, संस्कृति संरक्षणका लागि वडाले विशेष चासो दिएको बताए । कार्यक्रममा नेपाल मगर संघ, कास्कीका अध्यक्ष रामबहादुर थापामगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगर, नेपाल मगर संघ, माटेपानी इकाई समितिका पूर्व अध्यक्षहरू डिलबहादुर श्रीसमगर, पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगर, मोतीश्वर थापामगर, संस्थापक उपाध्यक्ष भक्तबहादुर थापामगर, नेपाल मगर महिला संघ, माटेपानी इकाई समितिकी अध्यक्ष तुलसी थापामगर, मगर अगुवा पदमबहादुर पुनमगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल मगर संघ, माटेपानी इकाई समितिका अध्यक्ष सुबेदार पूर्णबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायणसिंह मास्कीमगर र सचिव इञ्जिनियर बमबहादुर श्रीसमगरले पनि बालेका थिए । कार्यक्रममा नेपाल मगर संघ, माटेपानी इकाई समिति र नेपाल मगर सांस्कृतिक संघ, कास्कीको तर्फबाट मौलिक कौरा नृत्य प्रस्तुत गरिएको थियो भने लोक तथा दोहोरी गायिका दिलु श्रीसमगरले सांगीतिक प्रस्तुती राखेकी थिइन् ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर