पृथ्वी राजमार्ग विस्तार योजना अन्तर्गत ‘राइट अफ वे’ मा परेका संरचनालाई हटाउन सुरू गरिएकाे छ । पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचना पहिलाे चरणमा पोखरा महानगरले हटाएको छ ।
महानगरले सोमबारदेखि मापदण्डभित्र रहेका संरचना डोजर लगाएरै हटाउन थालेको हो । एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरले जनाएकाे छ ।
त्यस अन्तर्गतको करिब ६ किलोमिटर दूरीमा ६० भन्दा बढी स्थायी-अस्थायी संरचना हटाउनु पर्ने महानगरले जनाएको छ । महानगरले आइतबार पनि सूचना जारी गर्दै त्यस क्षेत्रका संरचना हटाउने तथा सरसफाई गर्ने कामका लागि उपस्थित हुन नगरवासीलाई अनुरोध गरेको थियो ।
मेयर धनराज आचार्यले बाटोका लागि एडीबीको टिम पर्सि आउँदै रहेकाे र त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको बताए ।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तार गरेर ४ लेन बनाउन लागिएको हो । विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ । त्यसै कारणा पनि पोखरा लगायत शहरी क्षेत्र रहेको पश्चिमी खण्डमा भने काम निकै सुस्त अघि बढेको छ ।
महानगरले डोजर लगाउने ४.७ किलोमिटर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत रहेकाले विमानस्थल गेटबाहिर वर्कसप, हेभी इक्विप्मेन्ट सेन्टर, जथाभावी फोहोरले कुरुप भएकाे भन्दै सफाइ अभियान पनि अघि सारेको जनाएको छ ।
सम्बन्धित खबर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की