पोखरामा बनरक्षक पदमा अर्काको नाममा परीक्षा दिने तीन पक्राउ

अपराध

पोखरामा बनरक्षक पदमा अर्काको नाममा परीक्षा दिने तीन पक्राउ

११

पोखरा । पोखरामा वन रक्षक पदको परीक्षामा अर्काको नाममा परीक्षा दिने तीन जना पक्राउ परेका छन् ।

असार २२ गते कास्कीको पोखरा महानगरपालिका–१५ फुलबारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परिसर भित्र सञ्चालन भई रहेको लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका तीन पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका– २ सिपखाना बस्ने १९ वर्षीय प्रेम भण्डारी, रास्कोट– ४ सिउना बस्ने २० वर्षीय गौरी संज्याल र १८ वर्षीय एक जना रहेका छन् ।

उनीहरुलाई परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामाआफ्नो तस्विर टाँसेर परीक्षामा सहभागी हुँदै गरेको अबस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds