आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने

image-2

पोखरा । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू र दक्षिणी ध्रुवमा केवल १० प्रतिशत व्यक्तिहरु बसोबास गर्दछन् ।

पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको छ । पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुने हुँदा दिन पनि लामो हुन जाने समितिले जनाएको छ ।

सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मीको अनुभूति समेत हुनेछ । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत र दक्षिणी ध्रुवमा १० प्रतिशत व्यक्तिको बसोबास छ ।

सामान्यतया जुन २१ तारिख वर्षको लामो दिन र छोटो रात, सेप्टेम्बर २१ रात र दिन बराबर तथा डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुने मानिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds