महिला तथा युवाहरुलाई महिनैपिच्छे विभिन्न प्रशिक्षण तालिम दिँदै आएको पोखरा महानगरपालिका वडा नं. १५ कार्यालयले यस महिना पनि आफ्ना गतिविधिलाई निरन्तरता दियो ।
वडा नं. १५ मा रहेका क्रियाशील महिला दिदीबहिनीहरुलाई लक्षित गरी मादल बजाउने १० दिने तालिम प्रदान गरेको छ । वडाका ७५ जना भन्दा बढी महिलाहरु तालिममा सहभागी भए ।

तालिमका प्रशिक्षार्थीहरुलाई सोमबार प्रमाणपत्र वितरण गरेको छ । सो अवसरमा महिलाहरुले १० दिनको तालिमबाट जानेको मादल बजाउने प्रतिभालाई उजागर गरे । उनीहरुले मादल बजाउँदै गीत गाएर सहभागीलाई नचाए ।

वडा अध्यक्ष तोरणबहादुर बानियाँले विभिन्न कार्यक्रम गर्दा, रत्यौली तथा सांस्कृतिक कार्यक्रमहरु गर्दा अरु बोलाएर गर्नुभन्दा आफै जानेपछि सहज हुने बताए । यसले समय र पैसाको वचत गरी महिलाहरुको कार्यक्रम पनि राम्रो हुने बताए ।

वडाले हालैमात्र १५ असारमा रोपाइँ महोत्सव तथा किसानहरुलाई नगदसहित पुरस्कृत र सम्मान गरेको छ ।

यस्तै, ७५ जनालाई कौसी खेती तालिम, फोहोर व्यवस्थापन तालिम र फोहोर व्यवस्थापनका लागि ५०% अनुदानमा बिन बितरणका साथै ५÷५ किलो प्राङ्गरिक मल निःशुल्क वितरण समेत गरेको छ ।


सम्बन्धित खबर
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने