गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा सर्वोच्च स्थानकी सर्वाधिक लोकप्रिय गायिका अञ्जु पन्त र पीडादायी भावमा डुबेर गाउन सक्ने असाध्यै मीठो स्वर भएका कुशल बेलबासेको आवाजमा निखारिएको अभिनयले मुटु छुन सक्ने मोडल शिशिर पौडेल र युवामाझ चर्चित टिकटक स्टार स्मारिका ढकालको अभिनय रहेको भिडियो कस्तो बन्ला ?
गीत सुन्दा र भिडियाे हेर्दा दर्शक भावुक बनाउने गरी यी सबै सर्जक र कलाकार सम्मिलित गीतकाे भिडियाे भर्खरै मात्र सार्वजनिक भएको छ । ‘किनारा’ बोलको सो गीतमा शिशिर र स्मारिकाले मुटु छुने अभिनय गरेका छन् । अञ्जु पन्तले लाेकदाेहाेरी गीतमा पनि उत्तिकै न्याय गरेकी छन् । ‘हाइ रेञ्ज’मा गाउने कुशल बेलबासेकाे प्रतिभाकाे त शब्दमा बयान गर्न पुग्दैन । गीत र भिडियाे दर्शककाे राेजाइमा परेका छन् ।
सो गीतमा नीरोज भट्टको शब्द साथै कुशल आफैले लय सिर्जना गरेका छन् । माया प्रेम र बिछाेडपछि प्रेमिल जाेडीकाे भाेगाइ भट्टले मन छुने गरी शब्दमा उतारेका छन् ।
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । भिडियो निरोज भट्टको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन