पोखरा । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने तथा खेल क्षेत्रको दिगो विकासकालागि लागि परेको बताएका छन् ।
पोखरा रङ्गशालामा हिजोदेखि सुरु भएको तेस्रो प्रदेश स्तरीय तथा पहिलो कास्की जिल्ला स्तिरिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि नीति निर्माण गर्नुका साथै आवश्यक कानुनहरु परिमार्जन गर्नकालागि लागि परेको बताएका हुन् ।
साथै उनले यस कार्यका लागि सरकार एक्लैले मात्रै सम्भावना भएकोले खेलकुदमा निजी क्षेत्रको समेत लगानी सुनिश्चित गर्दै सबैको साथ र सहयोगले यस क्षेत्रलाई गर्भ गर्न लायकको बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले पुरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन नसक्ने भन्दै प्रदेश र जिल्लाका विगतका खेलकुदका कार्यालय तथा संरचनालाई सङ्घीयता अनुसार परिर्वतन गर्नु पर्नेमा जोड दिए । उनले विगतमा जस्तो खेलाडीले वितृष्णा मान्नुपर्ने वातावरण नहुने बताउदै अव ढुक्क भएर यसमै आफ्नो भविश्य देख्न खेलाडीहरुलाई आग्रह गरे ।
त्यसै गरि गण्डकी प्रदेशका सांसदहरु लिल थापामगर,द ोर्ण कुवँर, जीत शेरचन, प्रकाश बराल लगाएतले खेलाडीहरुले अन्तराष्ट्रिय सम्बन्ध बजबुत बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै खेलकुद र खेलाडीहरुका लागि आर्थिक, नैतिक, भौतिक तथा नीति निर्माणमा सहयोग गर्न जरुरी रहेको बताए ।
उनीहरुले खेलाडीहरुले आफ्नो खेल कौशलताको प्रयोग गरि नेपाललाई देश विदेशमा चिनाउन सक्षम रहेको बताउदै विगतामा हेरिएको खेलकुद प्रतिको दृष्टिकोणलाई परिवर्तन गरेर अब खेलकुदलाई देशको अर्थ तन्त्र संग जोड्ने पहल गरिने बताए । देशलाई खेलकुद पर्यटनमा अगाडी बढाउन सके खेलाडी र देशको अर्थतन्त्रले फड्को मार्ने बताए ।
कार्यक्रममा नेपाल आईटिएफ तेन्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष घम बहादुर थापाले आईटिएफ तेक्वान्दो खेलबाट देशका विभिन्न दुरदराजमा खेलाडीहरु उत्पादन भई विभिन्न विभागिय टिमहरुमा समेत आवद्ध भएको जानकारी दिए ।
उनले यस विद्याका खेलाडीले आफ्नो खेल कौशलता प्रदर्शन गरि गण्डकी प्रदेशलाई मात्रै नभई अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट देशलाई विभिन्न पदकहरु दिलाउन महत्वपुर्ण भुमिका खेलेको भएता पनि सरकारबाट भने खेल र खेलाडी नजरमा नपरेको भन्दै गुनासो गरे । उनले खेलाडीहरुको वृद्धी विकास र हौसलाका लागि भौतिक विकास, खेलाडीहरुको सेवाका लागि पर्याप्त बजेट विनियोजनका लागि पहल गरिदिन प्रदेश सांसदहरुलाई अनुरोध गरे ।
आज सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीको सहभागिता छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्यपदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्री अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिए ।
खेलाडी बीच एकल काता स्पाइरिङ तथाएकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ । यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्टदेखि ब्ल्याकबेल्ट तेस्रो डानसम्मका खेलाडी प्रतिस्पर्धामा उत्रिने छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन