पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, हेवा खोलासहित पाँच पुलमा क्षति

पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, हेवा खोलासहित पाँच पुलमा क्षति

hewa khola-badhi

पोखरा । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।

गएराति हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार हेवा खोलाको बाढीमा हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । तामाङ र लोवा हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए ।

यस्तै, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी, फिदिम– ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक र फालेलुङ– ३ का एक गरी ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाएको छ । फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल बगाएको छ ।

त्यस्तै, याङ्वरक गाउँपालिका ३ र २ मा केही घर बगेका छन् । यसबारे क्षतिको विवरण आउन बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds