पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना पक्राउ

पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना पक्राउ

IMG_2990

पोखरा । पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका– १० कोगटी वर्ष ४४ का बिमल तामाङ र मकवानपुर हेटौडा उपमहानगरपालिका– बस्ने वर्ष ४१ का सन्तोष मगर रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले गत जेठ ५ पोखरा महानगरपालिका– १० अम्मरसिंहचोक, नागिनटोल शिवमन्दिर नजिक वरपरका मानिसहरुलाई नक्कली सुन देखाई सक्कली सुनका गरगहना लुट्ने तथा नगद समेत ठगी गरी फरार भएका थिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले जेठ ३२ गते बिहीबार पोखरा महानगरपालिका– २६ अर्घौचोकबाट पक्राउ गरेको हो ।

प्ररहरीले उनीहरुको साथबाट सुन जस्तो देखिने 9999 100 लेखिएको पहेँलो रंगको धातु ३ थान, विभिन्न कम्पनीका मोवाईल ३ थान र नगद ५ हजार ४३५ रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट दस दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ