दुर्घटनामा पूर्व मेयर गिरीको मृत्यु

दुर्घटनामा पूर्व मेयर गिरीको मृत्यु

shiba-giri

स्याङ्जा । चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

गए राति पुतलीबजार नगरपालिका १० बर्जामा राङखोलाबाट स्याङ्जा बजारका लागि छुटेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार पूर्व मेयर ६० वर्षीय गिरीको निधन भएको हो ।

चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति ११ः४० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका गिरीको शव जिल्ला अस्पतालमा रहेको प्रहरीले जनाएको छ । स्कारपियो भित्तामा ठोक्किएर सडकमा पल्टिएको र पूर्णरुपमा क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले सवारी चालक पुतलीबजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ