काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका मेयरको निर्देशनमा बिहीवार हटाएपछि शुक्रबार शाहलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरणमा भनिएको छ, ‘काठमाण्डाै महानगरपालिका वडा नं. ९ स्थित नक्सा सिट न. १०२–११४७–१५, कि.नं. ३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो,उक्त क्षेत्रमा नगर प्रहरी राजु पाण्डे समेतले प्राधिकरणलाई सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८०/२/३२ मा फिनिसिङ तारबार काट्न लाग्दा नगर प्रमुखको आदेश बमोजिम यस्तो कार्य गरेको र उतै सोध्नु भनी जवाफ दिएकाले सो तारबार र फिनिसिङ काटी लैजाने कार्यमा तपाईँको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न हुन प्राधिकरको मिति २०८०/२/३२ को निर्णय अनुसार जानकारी गराइन्छ ।’

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते