‘प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार दलहरुले नै लात हान्दैछन्’

‘प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार दलहरुले नै लात हान्दैछन्’

Mahesh-basnet-and-prachanda

नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता संकटमा परेको टिप्पणी गरेका छन् ।  प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डको सत्ता टिकाउने अभियान धरासयी बनेको टिप्पणी गरेका हुन् । प्रचण्डलाई संकट परेको बेलामा मात्रै नेकपा व्युँताउने कुरा उठाउने गरेको उनको आरोप छ ।

‘प्रधानमन्त्री ज्यूको अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने उहाँले पछिल्लो समय जस्तोसुकै हर्कत गरेर, राष्ट्रियता बेचेर, अन्तराष्ट्रिय शक्तिहरुसँग साठगाँठ गरेर, नेपालमा एमालेलाई एक्लो बनाएर सत्ता टिकाउने उहाँको अभियान थियो । त्यो अभियान धरासयी बन्दैछ भन्ने देखिन्छ । समाजवादी केन्द्र बनाउने र नेकपा व्युँताउने भन्ने कुरा जब उहाँलाई अप्ठ्यारो पर्छ, त्यतिखेर टेकोको रुपमा, साहराको रुपमा नेपाल कम्युनिष्ट पार्टीको एकीकृत अभियान चलाउँछु भन्नुहुन्छ,’– नेता बस्नेतले भने ।

प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै सत्ता संकटमा परेपनि म भ्रष्टाचारीलाई छोड्दिन भन्ने अभिव्यक्ति दिनुको कुनै औचित्य नरहेको उनको भनाई छ । साथै, सत्ताधारी दलबीच बजेट संशोधनको सहमति बनेको उनले दाबी गरे । संसदीय अभ्यासमा सत्ता पक्षका दलहरुबीच बजेट संशोधनका लागि भएको सहमति यो पहिलो भएको र यसबाट नै प्रधानमन्त्री प्रचण्ड सत्ता बचाउनका लागि जस्तोसुकै हर्कत गर्न तयार छन् भन्ने प्रष्ट भएको उनले बताए ।

‘हिजोमात्रै सत्ताधारी दलहरुका बीचमा बजेटलाई संशोधन गर्ने सहमति भयो । मलाई लाग्छ, संसदीय व्यवस्थामा बजेट संशोधन गर्ने भनेर सत्ता पक्षले सहमती गरेको पहिलो चोटी हो । यसबाट के बुभिन्छ भने प्रचण्डको सत्ता साझेदार दलभित्र गम्भीर संकट उत्पन्न भएको छ । प्रचण्डजीका सारा अभियानहरु फेल हुँदैछ । प्रचण्डलाई सत्ता साझेदार दलहरुले लात हान्दैछन् भन्ने कुराको संकेत उहाँले पाउनु भयो र यो अभिव्यक्ति हरु छट्पटाहटको रुपमा आएको छ,’– नेता बस्नेतले भने ।

प्रधानमन्त्री प्रचण्डजीकै महत्वकांक्षका कारण नेकपा विघटन भएको उनको आरोप छ । प्रचण्डले कहिले कांग्रेस देखाएर एमाले तर्साउने र कहिले एमाले देखाएर कांग्रेस तर्साउने काम गरिरहेको नेता बस्नेतको दाबी छ । यस्तो अवस्थामा नेकपा बनाएर एमालेले फेरि गल्ती नदो¥याउने उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ