डा. बैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, बैरागी सुरक्षा सल्लाहकार

डा. बैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, बैरागी सुरक्षा सल्लाहकार

Dr-Baikuntha-Aryal

नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरिएकाे छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

२०६८ सालमा नेपाल प्रहरीका तत्कालीन आईजीपी रमेशचन्द ठकुरीविरुद्ध सुडान घोटालाको मुद्दा लाग्ने भएपछि उनलाई सरकारले सुरक्षा सल्लाहकार बनाएर नयाँ आईजीपी नियुक्त गरेको थियो ।

अहिले कार्यकाल सकिन लागेका अर्याललाई मुख्य सचिव बनाउन असोजमा कार्यकाल सकिने वैरागीलाई सुरक्षा सल्लाहकार बनाइएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा शंकरदास वैरागीको शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान मात्र राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त शंकरदार वैरागीलाई पदको शपथ खुवाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिका मुख्य सचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो। निर्णयलगत्तै प्रधानमन्त्री प्रचण्डले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदको शपथ खुवाएका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds