तनहुँमा बोराभित्र एक महिला मृत फेला

तनहुँमा बोराभित्र एक महिला मृत फेला

death body

तनहुँ । तनहुँमा बोराभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मङ्गलबार बिहान व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र व्यास नगरपालिका–१४ छाब्दी निवासी ३० वर्षीया महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन् ।

उक्त बाटो हिँडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ