माइतीघरमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास

माइतीघरमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास

Aatmadaah-attempt

काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाह प्रयास गरेका छन्। केही समयदेखि माइतीघर मण्डलमा नागरिकता विधेयक खारेजीको विरोध गर्दै आइरहेका आन्दोलनकारी मध्येका एक युवाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।

ती युवाले आन्दोलनकै क्रममा आफैले पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेपछि सुरक्षार्थ खटिएका प्रहरीले रोकेका हुन्। हाल उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।

आत्मदाह प्रयास गर्ने युवाको नाम ठेगाना खुलिसकेको छैन। हाल उक्त स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ