प्रदेश स्तरीय प्रथम पुरुष हक्की प्रतियोगीता २०८०ः कास्की प्रथम

प्रदेश स्तरीय प्रथम पुरुष हक्की प्रतियोगीता २०८०ः कास्की प्रथम

353514137_774458917745990_2521258348819426546_n

पोखरा । पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीतामा कास्की प्रथम भएको छ ।

उपाधीका लागि फाईनल खेलमा कास्कीले तनहुँलाई १-० गोल अन्तरले हराएर उपाधी चुमेको हो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुबैतर्फबाट एक–एक को बराबरी पछि भएको सडेनडेथमा कास्कीले बाजी मारेको हो ।

प्रदेश खेलकूद परिषद, गण्डकीको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा तनहुँ कास्की स्याङ्जा, पर्वत, बाग्लुङ्गको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम,द्धतिय हुनेले क्रमशः२० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका सार्थ सान्तवना पुरस्कार स्वरुप सम्पुर्ण सहभागी टिमलाई ५/५ हजारका दरले पुरस्कृत गरिएको छ ।

कार्यक्रम प्रदेश सांसद प्रकाश बरालको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसीको सभापतित्व र राजन पौड्यालको सञ्चालनमा सम्पनन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ