जेठ ३१ र ३२ गते पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव

जेठ ३१ र ३२ गते पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव

353712331_801642381225571_7457840193106650115_n

पोखरा । जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो ।

विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हिमालय साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी गराए । उनका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। । गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्र्थीले मानव जीवनका विभिन्न समस्याहरुलाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान गर्न सकिन्छ भन्ने समाधानका साथ महोत्सवमा प्रस्तुत हुने उनले बताए ।

गण्डकी प्रदेशको राजधानी पोखरामा यस्तो महोत्सवको आयोजना पहिलो पटक गरिएको दाबी उनको छ । उसो त उनले पोखरा मात्रै नभई देशका अन्य प्रदेशमा समेत उक्त कार्यक्रमको आयोजना गरिसकेका छन् । यस अघि लुम्बिनी प्रदेशमा विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको थियो ।

२०७६ बाट उक्त महोत्सवको आयोजना गरिएता पनि कोरोना महामारीले निरन्तरतामा समस्या आएको बस्नेतले बताए । पोखरामा हुने विज्ञान प्रविधि महोत्सवबाट धेरैले लाभ लिनेमा उनी आशावादी देखिन्छन् ।

आतंक भन्छन्, “विज्ञानका विषयमा हाम्रो शैक्षिक प्रणाली नै फितलो छ । विद्यालयदेखि नै विज्ञानमा हामीले प्रयोगात्मकलाई विशेष जोड दिनुपर्ने तर घोकन्ते विद्यामा नै हाम्रो साईन्स अड्किएको छ ।”

नेपालका वैज्ञानिकहरुलाई संरक्षण गर्न नसक्दा देशले दक्ष वैज्ञानिकहरु गुमाइरहेको भनाई उनको छ । विज्ञान विषयलाई पढाउने तौरतरिकामा फेरबदल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । थेउरिकल भन्दा प्राक्टिल विषयलाई प्राथामिकता दिनुपर्ने भनाई उनको छ ।

कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । जसमा मुख्य प्रायोजनमा वालाविज एजुकेशन सर्भिसेजले साथ दिएको छ । गण्डकी प्रोभिन्स एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको सह—प्रायोजनमा आयोजना भएको उक्त महोत्सवलाई अनलाईन एजुकेशन पार्टनरको रुपमा एम्बिसन गुरुले साथ दिएको छ भने इन्टरनेट पार्टनरको रुपमा भायानेटले साथ दिएको छ । स्वास्थ्य सेवा पार्टनरको रुपमा टेककेएर र स्टिम एजुकेशन पार्टनरका रुपमा कारखानाले साथ दिएको बस्नेतले जानकारी गराएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ