कांग्रेस सांसद गिरीले भने- ‘बालेनजीलाई सलाम ! हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो’

कांग्रेस सांसद गिरीले भने- ‘बालेनजीलाई सलाम ! हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो’

depak-giri

काठमाण्डौ। प्रतिनिधि सभा सदस्य तथा काँग्रेस सांसद दीपक गिरीले सरकारको चर्को आलोचना गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गिरीले सरकारको आलोचना गरेका हुन्।

उनले प्रधानमन्त्री प्रचण्ड, सभापति शेर बहादुर देउवा र अर्थमन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट पारिएको भन्दै असन्तुष्टि पोखे । गिरीले आफू सत्तापक्षीय सांसद भए पनि यस्ता कार्यको विरोध गर्ने बताउँदै मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट पठाउँदा समस्या भएको बताए ।

गिरीले आफूलाई जनताले बारम्बार फोन मार्फत समस्या सुनाउने गरेपनि आफूले केही गर्न नसकेको दुखेसो पोखे। जनताले साना-ठूला समस्याका लागि सांसदहरुलाई सम्झिने गरेपनि अधिकार कटौती हुँदै गएकोप्रति उनले असन्तुष्टि पोखे ।

काठमाडौं महानगरका मेयर बालेन शाहको प्रशंसा गर्दै उनले अगाडी भने – ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो।’

साथै गिरीले भारतको तत्कालिन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने धारणा राखे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ