टेबुलटेनिसको छनोट प्रतियोगिता सम्पन्न

टेबुलटेनिसको छनोट प्रतियोगिता सम्पन्न

tt news photo

पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट खेलाडिको छनोट प्रतियोगिता बिहीबार पोखरामा सम्पन्न भएको छ ।

पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा भएको छनोट प्रतियोगितामा पुरुष तर्फ किसन जिसी, रुपराज गुरुङ, अनुष कुँवर र दिपकराज गिरी तथा महिला तर्फ मुना थापा, तृषा गुरुङ, सक्रिया पोखरेल र प्रजिता मुडभरी छनोट भएका छन् ।

विहिबार छनोट भएका खेलाडिहरु यहि जेठ ३० र ३१ गते हुन गइरहेको गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस च्याम्पियनसिप प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी हुने कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले बताए ।

उक्त छनोट प्रतियोगितामा कास्की जिल्लाका २४ पुरुष र १२ महिला खेलाडीहरुको सहभागिता रहेको टेबुलटेनिसका प्राविधिक समितिका सदस्य रजन सुब्बाले वताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ