पोखरा । पढाइका सँगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली समाचार प्रस्तुतीकरण प्रतियोगिता बिहीवार सम्पन्न गर्याे ।
रेडियो तथा टेलिभिजनमा समाचार वाचकले झैँ नेपाली भाषामा कक्षा ६ देखि ८ कक्षासम्म अध्ययनरत ८९ जना विद्यार्थीहरुले विभिन्न पत्रिकामा प्रकाशित समाचारहरुलाई आधार बनाई समाचार वाचन गरेका थिए ।
जसमा कक्षा ६ बाट प्राप्ति पौडेल, आयुश्री तिमिल्सिना, ज्योतिस्मा कार्की, र आयुषा बास्तोला क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् । त्यसैगरी, कक्षा ७ बाट भूमिका सुबेदी, कुसुम श्रेष्ठ, बरदान जिसी र आयुस्मा पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।
यसैगरी, कक्षा ८ बाट आदित्य आचार्य, सुप्रिया मानन्धर, प्रतिष्ठा खनाल, र ऋतु पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।
विद्यालयकका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा आयोजित सो प्रतियोगितामा विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेल र दुर्गादत्त सुबेदीले निर्णायकको भूमिका गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका अमृता जिसीले गरेकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने