कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

arrest

काठमाडौं। कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि रकम ठगी गर्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने ४२ वर्षीय सञ्च तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि पटक पटक गरी ४ लाख रूपैयाँ लिई ठगी गरी फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ