पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले वडाको योजना तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण बुझ्दै सुझाव लिएको छ । बुधबार वडाले ‘योजना छनोट तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण’ कार्यक्रम आयोजना गरि युवाहरुको सुझाव लिएको हो ।
वडा ५ का वडाअध्यक्ष विष्णु प्रसाद बरालले विकास निर्माणका प्रत्येक काममा युवाहरु आउनु आवश्यक रहेको बताए । विदेश पलायन रोक्न युवाहरुलाई सिपमुलक कामहरु सिकाएर नेपालमै रोजगारको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई थियो ।
समग्र वडाको विकासका लागि युवाकै आवश्यकता रहने र युवाको धारणा तथा दृष्टिकोण कस्तो रहेको बुझ्न कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष बरालले बताए । पोखराको ३३ वटा वडा मध्ये यस्तो योजना तथा बजेटमा युवाहरुको दृष्टिकोण बुझ्न खोजिएको वडा ५ पहिलो रहेको उनले दावी गरे ।
सहभागि युवाहरुले समग्र वडाको विकासका लागि आआफ्नो सुझाव प्रस्तुत गरेका थिए । जसमा सडक दुर्घटना न्यूनीकरण, सिसि क्यामेरा जडान, आइटीको पहुँच, बैदेशिक रोजगारलाई न्यूनीकरण, कृषि क्षेत्रमा गर्नुपर्ने भावि योजना, खेलकुदका विभिन्न सुझाव, पर्यटनको आकर्षक गन्तव्यको पहिचान लगाएतका विषयलाई युवाहरुले महत्व दिएका थिए ।
वडाले योजना तथा बजेटसँग सम्वन्धित रहेर सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल तथा सुझाव संकलन गरिरहेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य हरिमाया विकले गरेकी थिइन् भने सञ्चालन वडासदस्य कल्पना भुवाजी क्षेत्रीले गरेकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने