जमिन साटेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल मेरो प्रस्ताव होइन: प्रधानमन्त्री

जमिन साटेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल मेरो प्रस्ताव होइन: प्रधानमन्त्री

prachanda

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विपक्षीले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताए । ‘नेपालका केही विज्ञ, वुद्धिजिवीहरुले यस्ता पनि भनेका छन् मात्र भनेको छु,’ उनले भने, ‘बंगलादेश मोडल मेरो कुरा होइन ।’

प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको बताए । प्रधानमन्त्री दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds