प्रचण्डको भारत भ्रमणको उपलब्धि त्यही १५ वटा राँगा : ओली

प्रचण्डको भारत भ्रमणको उपलब्धि त्यही १५ वटा राँगा : ओली

oli

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्णरुपमा विफल भएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै नयाँ काम नभएको बताएका हुन्। ‘प्रधानमन्त्रीले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो’, ‘चढेर ल्याए पनि, हिँडाएर ल्याए पनि, डोर्‍याएर ल्याए पनि त्यही राँगा हो।’

ओलीले भन्सारमा संयुक्त जाँच चौकी, पेट्रोलियम पाइप लाइनसहितका परियोजना सबै पुरानाो भएको टिप्पणी गरे। मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताए

ओलीले नेपाल आफैमा सानो नभएपनि दुई छिमेकी देश ठूलो भएकाले मात्र सानो देखिएको बताए। ओलीले यसअघि पनि सिमा मिचिएको विषयमा भारतीय प्रधानमन्त्रीलाई जानकारी गराएपछि मात्र समाधान भएकाले आफ्नो तर्क राख्नुपर्ने बताए। उनले भने – “त्यत्रो विशाल देशले आफ्नो सिमा बाहिर नेपालको भू- भागमा क्याम्प राखेको छ, प्रधानमन्त्री जी’ ले भन्नुपर्दैन ?”

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ