पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी बुन एफसी च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका–१ स्थित पुरानोटुडिखेल मैदानमा शनिबार भएको फाइनलमा गन्नी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै केआइइसी बुन एफसी च्याम्पियन बनेको हो ।
बुन एफसीलाई च्याम्पियन बनाउन आशिष गुरुङले निर्णायक गोल गरे ।
उनको गोलसँगै उपाधि जितेको बुन एफसीले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गन्नी एफसीले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे ।
कुल ४७ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट बुन एफसीका आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा ट्रफीसहित नगद रु १० हजारबाट पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै जनम गुरुङ, उत्कृष्ट डिफेन्डरका रुपमा सोही क्लबकै सरोज तितुङ घोषित भए ।
यस्तै उत्कृष्ट मिडफिल्डरका रुपमा मनोज गुरुङ र उत्कृष्ट फरवार्डका रुपमा गन्नी एफसीका सन्दिप रानामगर घोषित भए । उनीहरुलाई ट्रफीसहित जनही नगद रु ५ हजार प्रदान गरिएको अर्थ संयोजक हिटलर घलेले जानकारी दिए ।
उनका अनुसार अनुशासित टिमको उपाधि भने करापुटार एफसीले जितेको थियो ।
प्रतियोगिताबाट विजेता तथा उपविजेता टोली सदस्यहरुलाई स्वर्गीय देश्ना चन्दका परिवार, प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङ, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते