पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभीए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।
पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १२० जना चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।
संघसँग पर्यटक स्तरीय लगभग ४०० को संख्यामा पर्यटक सवारीसाधन रहेको बताउँदै उनले वार्षिक कार्ययोजना अनुरुप नै प्रशिक्षण दिइएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकको आतिथ्यतामा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण हुने बताए । चालक तथा सहचालकले गर्ने व्यवहारले पर्यटकमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उनले सभ्य तथा शिष्ट व्यवहार गर्नुपर्नेमा जोड दिए ।
आतिथ्यता व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) बारे प्रशिक्षण दिदै संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङले हामीले बोल्ने बोली र गर्ने व्यवहारले सभ्यताको संकेत गर्ने बताए ।
संघका अध्यक्ष पाण्डेको सभापतित्व एवम् प्रथम उपाध्यक्ष दुर्गादत्त दहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव विकासप्रसाद कंडेलले गरेका थिए ।
कार्यक्रममा अग्नी ग्रुपका प्रमुख रामेश्वर महर्जजन, बजार प्रमुख राजेश रानाभाट, बतास बर्दश (युडिआर) प्रमुख विनोद पोते, प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले प्रशिक्षण दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने