साउदीमा एक नेपालीलाई मृत्युदण्ड

साउदीमा एक नेपालीलाई मृत्युदण्ड

santa

पोखरा । रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल जीवन बिताइरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका पुनलाई बिहीबार टाउको काटेर मृत्युदण्ड दिइएको हो ।

नेपाल र साउदी सरकारले उनलाई २०५८ जेठमै मृत्युदण्डको सजाय सुनाइएको थियो । पीडित परिवारले उनको मृत्युदण्डको सजाय माफी हुने सम्बन्धमा बदलाकै कठोर भाव राखेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको छ ।

स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी ठहर गर्दै सन्तबहादुरलाई मृत्युदण्डको फैसला गरेको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन भएको हो ।

२०५४ सालमा साउदी अरेबियामा कृषि काममा पुगेका सन्तबहादुरले भेडा चराउन जाने क्रममा अल सरारीले दैनिक आएर भेडा माग्न थालेपछि भएको विवादमा चक्कु प्रहार गर्दा हत्याको घटना घटेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ