पोखरा । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्नेको लर्को छ । हिमाल भनेकै सर्वोच्च शिखर सगरमाथा भन्ने बुझाइ संसारकै मनस्थितिमा छ र आरोहण पारखीको रोजाइमा पनि सगरमाथा नै पर्छ ।
आरोहणको गर्विलो इतिहास बोकेर अन्नपूर्ण प्रथम हिमाल भने ७३ वर्षदेखि ठिंग उभिएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेर विश्व किर्तिमानी कायम गरेका थिए । उनको साथमा थिए, लुई लिचेनेल ।
जबकि त्यसको ३ वर्षपछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरो चुमेका थिए ।
नेपालमा हिमाल आरोहणको ७३ वर्ष पुगेको छ । हर्जोगले अन्नपूर्णमा पाइला टेकेकै दिनलाई पछिल्ला वर्षहरुमा अन्नपूर्ण दिवशका रुपमा मनाइँदै आएको छ । यही अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले गरेको कार्यक्रममा आरोही मौरिसलाई सम्झिँदै अन्नपूर्णको चिन्ता गरिएको छ ।
जलावायु परिवर्तनको मारमा यतिबेला सबैभन्दा हिमाल परेको चिन्ता सरोकारवाला गर्छन् । चाँदी झंै टलक्क टल्कने हिमालका चुचुरामा सिजनमै पर्याप्त हिउँ नपर्दा कालापत्थरमा परिणत भइरहेका छन् । फोहोरको डुंगुर हिमालको चचुरोसम्म पुग्दैछ । कार्यक्रममा सहभागीले हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा फस्नेमा एकमत राखे ।
पर्यटन व्यवसायी लक्की कार्कीले अन्नपूर्ण हिमाल गण्डकी प्रदेशको समृृद्धिको कोशेढुंगा भएको बताइन् । पछिल्लो समय हिमाल जोगाउन चुनौती सिर्जना भएको सुनाइन् ।
जलवायु परिवर्तनको असर हिमालमा पर्दा पर्यटन व्यवसाय धरासायी बन्ने निश्चित रहेको उनको भनाइ छ । ‘मे कै महिनामा पनि हिजोआज झन्डै ३४ डिग्री तापक्रम भइसकेको छ । जुन, जुलाइ अगस्ट त जानु नै छ’, उनले भनिन्, ‘यसरी जलवायु परिवर्तन हुँदाखेरि हाम्रो हिमालहरु पग्लेर आउने, ब्लास्ट हुने हुँदा विनाश धेरै हुन्छ । हाम्रो व्यवसाय नै धरापमा पर्छ ।’
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले जलवायु परिवर्तन हिमाल कालापत्थरमा बन्नेमा सहमत छन् । कसरी असर कम सकिन्छ विषयमा गम्भिर बन्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘हिजोका दिनमा हिमाल चढेमात्रै पुग्थ्यो । अहिले आरोहणसँगै हिमालमा फोहोर कसरी व्यवस्थापन गर्ने, आधार शिविर कसरी बचाउने र जलवायु परिवर्तन कसरी कम गर्ने भन्ने विषय पनि सँगसँगै आउँछ ।’ हिमाल जोगाउन व्यक्ति व्यक्तिले भुमिका खेल्नुुपर्ने उनको तर्क छ ।
पर्वतीय पर्यटनलाई सरकारले नचिनेको शेर्पाको गुनासो गरे । ‘यदि सरकारले चिनेको खण्डमा हामी कसैसँग पनि भर पर्न पदैैन । हाम्रो प्रतिस्पर्धी पनि नभएको । हामीले गर्न सक्ने, हाम्रो पहिचान बन्ने र नेपालीलाई नै चिनाउन सक्ने पेशाको रुपमा स्थापित गर्न सक्छौं’, उनले सुनाए । पर्वतीय पर्यटनका क्षेत्रमा ४ पुस्ताको योगदान रहेकै कारण अहिलेको स्थितीमा आएको बताए ।
अन्नपूर्ण आरोहणले गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको तर प्राथमिकतामा नपरेकोमा गुनासो छ । पर्वतीय पर्यटनको विकास नभए समग्र पर्यटन क्षेत्र पछाडि पर्ने पर्यटनकर्मीले बताए ।
नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले अन्नपूर्ण गण्डकी प्रदेशको सम्बृद्धिको आधार बन्नुपर्ने बताए । ‘जे जति पर्यटक भित्रिएका छन् अन्नपूर्ण आरोहणका कारण हो नै’, उनले भने, ‘सँगै पर्वतारोहण भएको खुम्बु क्षेत्र अगाडि बढ्यो । तर, अन्नपूर्ण बढ्न सकेन ।
कहीं न कहीं अन्नपूर्ण क्षेत्रलाई जनजीविकासँग जोड्न सकेनौं कि ? फेदमा बस्ने मानिसहरुलाई आयआर्जनसँग जोड्न सकेनौं कि ?’ अन्नपूर्ण जेठो हिमाल भएपनि किलर माउन्टेनको परिचय बनाएकै कारण आरोही कम भएको उनको अनुमान छ । नेपाल पर्वतारोहण संघको तथ्याङक् अनुसार विश्वको १० औं सर्वोच्च शिखर अन्नपूर्णमा सन् २०२१ सम्म ३०९ आरोहीले आरोहण गरेका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले गण्डकी प्रदेशको समृद्धिको आधार हिमश्रृंखला भएको बताए । ‘हामीसँग धेरै चुुचुराहरु छन् । ति चुचुरालाई संरक्षण गरेर बढीभन्दा बढी प्रबद्र्धन गरेर पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने ।
पोखरा पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानले अन्नपूर्ण आरोहणकै कारण पोखरा र हिमाल आसपासको पर्यटन प्रबद्र्धन भएको बताइन् ।
पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीले पर्यटनलाई आयआर्जनसँग जोड्नुपर्ने बताइन् । पोखराको पर्यटन हिमालमा निर्भर रहेकाले हिमाल बचाउन महानगर चिन्तित रहेको उनको भनाइ छ ।
हिमाल जोगाउन र प्रवद्र्धनमा भूमिका खेल्ने गण्डकी प्रदेशकि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशील सिम्खडाको प्रतिबद्धता छ ।
अन्नपूर्ण हिमाल गण्डकीको कला, संस्कृति र पर्यटन जोडिएको बताइन् । ‘अन्नपूर्ण हाम्रो गौरव हो, सम्पत्ति हो । यसलाई अझै प्रवद्र्धन गर्न अब सरकारले के गर्ने भन्ने विषयमा गण्डकी प्रदेश सरकारको चासो रहन्छ’, उनले भनिन् ।
सन् २०२१ अप्रिलमा ६ जना नेपाली महिला आरोहीले अन्नपूर्ण हिमाल आरोहण गर्दै नयाँ किर्तिमानी बनाएका थिए । २०७८ बैशाखमा गोरखाकी पूर्णिमा श्रेष्ठले पनि अन्नपूर्ण चढिन् ।
गएको बैशाख २ गते कतारी राजकुमारी शेखा अस्मा अलथानीले अन्नपूर्ण प्रथमको आरोहण गरेकी थिइन् ।
सन् १९७८ मा १ अमेरिकी र १ चेकोस्लोभाकियाकी महिलाले अन्नपूर्णको सफल आरोहण गरेका थिए । देवी र जेठो हिमालको उपमा पाएको अन्नपूर्ण प्रथमको चुचुरोमा पाइला राख्न लालयित आरोही वर्षेनी बढ्दैछन् । तर, राज्यले पनि यो हिमालको महत्वलाई विश्व बजारमा पु¥याउन सकिरहेको छैन ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते