पोखरा । कला र संस्कृतिले धनि देश नेपाल भएता पनि पछिल्लो समय मौलिक लोक सस्कृतिहरु लोप हुन लागेको महशुस भइरहदाँ पोखरा महानगरपालिका वडा नं. ९ का महिला दिदीबहिनीहरुलाई वडा महिला सञ्जाल पोखरा ९ को आयोजनामा १० दिने मादल वजाउने तालिम प्रदान गरिएको छ ।
महिलाहरुलाई तालिम मात्रै नभइ उनिहरुले सिकेको सिपको सदुपयोग होस भन्ने हेतुले सहभागी महिलाहरु आवद्ध समुहलाई वाद्यवादन सामाग्रीहरु मादल, खैजडी र मुचुङ्गाको सेट वितरण गरिएको थियो ।
वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा सदस्य तथा न्यायीक समिति सदस्य भावना श्रेष्ठ, वडा सदस्यहरु नन्दराम गिरी, गिता चम्रकार र लक्ष्मी पहारी, वडा सचिव कुलराज पौडेल, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, राम मन्दिर योग केन्द्रकी अध्यक्ष इश्वरी श्रेष्ठ, नयाबजार नेवा पुच यमुना तझ्या, सहभागीको तर्फबाट टिका पोख्रेल, प्रशिक्षक प्रदिप राजपाज लगायतले वोलेका थिए ।
वडा महिला सञ्जाल पोखरा ९ की अध्यक्ष कमला केसिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सरिता बास्तोला र संचालन सचिव प्रभा सुवेदीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने