पोखरा भलिवल ट्रेनिङ सेन्टरले जित्यो उपाधि

पोखरा भलिवल ट्रेनिङ सेन्टरले जित्यो उपाधि

volleyball

पोखरा । द्धित्तीय ग्यालेक्सी एसईई भलिवल प्रतियोगिताको उपाधि पोखरा भलिवल ट्रेनिङ सेन्टरले जितेको छ ।

पोखरास्थित न्यू ग्यालेक्सी स्कूलद्वारा आयोजित प्रतियोेगिता अन्तर्गत शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जनकल्याण युवा क्लवलाई सोझो सेटमा पराजित गर्दै पोखरा भलिवल ट्रेनिङ सेन्टरले उपाधि जितेको हो ।

आठ टिम सहभागी प्रतियोगिताको फाइनलमा पोखरा भलिवल ट्रेनिङ सेन्टरले जनकल्याणमाथि २४–१९, २४–२६ र १८–२४ को सेटमा जित हासिल गरेको हो ।

विजेता पोखरा भलिवल ट्रेनिङ सेन्टरले नगद १० हजार र उपविजेता जनकल्याणले पाँच हजार रुपैयाँ पुरस्कार हात पार्‍यो ।

प्रतियोगितामा जनकल्याणका क्रिस मल्ल ठकुरी सर्वोत्कृष्ट र पर्वत कुँवर वेष्ट स्पाइकर खेलाडी घोषित भए ।

उनीहरुलाई जिल्ला खेलकुख विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँ, न्यू ग्यालेक्सी स्कूलका प्राचार्य डा. रामजी शर्मा, सहायक प्राचार्य राजेश भण्डारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि बानियाले खेलकुद खेल्नका लागि नभइ मनोरञ्जन र स्वास्थ्यका लागि पनि भएको बताए । उनले भलिवल खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता प्रतियोगिताका लागि खेलकुद विकास समितिले ध्यान दिने स्पष्ट पारे ।

विद्यालयका प्राचार्य डा. शर्माले विद्यालयबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुदसँगै अध्ययनलाई पनि निरन्तरता दिन खेलाडीहरुलाई आग्रह गरे ।

आर्थिक अभावका कारण कक्षा ११ र १२ को अध्ययनबाट बञ्जित हुन नपर्ने भन्दै त्यस्तो भएमा विद्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे ।

कार्यक्रममा विद्यालयमा सहायक प्राचार्य भण्डारी, शैक्षिक विभाग प्रमुख भरत भण्डारी र प्रतियोगिता संयोजक क्या. वीरबहादुर गुरुङले खेलकुदका साथै विद्यालयको शैक्षिक गतिविधिमाथि प्रकाश पारेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ