कोभिड–१९ को मापदण्ड परिमार्जन, अब मास्कको प्रयोग स्वेच्छिक

कोभिड–१९ को मापदण्ड परिमार्जन, अब मास्कको प्रयोग स्वेच्छिक

maks

काठमाण्डौ । सङ्क्रमणदर घट्दै गएपछि सरकारले कोभिड १९ को मापदण्ड परिमार्जन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकालेर मास्कको प्रयोग अब स्वेच्छिक हुने जनाएको छ ।

यसअघिसम्म सार्वजनिक ठाउँमा मास्कको प्रयोग अनिवार्य गरिएको थियो । यस्तै मन्त्रालयले सङक्रमण दर कम भएपछि यात्रुले कोरोना परीक्षण गरेको र कोरोनाविरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताएको छ । अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने पनि सूचनामा उल्लेख छ ।

कोरोनाको सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा कमी आएको र धेरैले पूर्णमात्रा खोप लगाइसकेको अवस्था तथा छिमेकी देश भारतमा पनि सङ्क्रमण दर न्यून रहेकाले परीक्षण र खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds