काठमाण्डौमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा तनहुँका एकसहित दुई जना पक्राउ

काठमाण्डौमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा तनहुँका एकसहित दुई जना पक्राउ

Arrest

काठमाडौं। पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौ जिल्ला -२६ गोगंबुस्थित सार्वजनिक यातायातबाट पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ टोखा -८ बानियाँटार बस्दै गरेका ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ -२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले बिहिबार साँझ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार एक व्यक्तिको साथबाट ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ