पोखरामा मोटरसाइकल चोरी आरोपमा ३ जना पक्राउ

पोखरामा मोटरसाइकल चोरी आरोपमा ३ जना पक्राउ

bike-chori

पोखरा । पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका २९ बाट मंगलबार राति तीनवटा मोटरसाइकल चोरेको अभियोगमा १८ वर्षका ३ जना बालकलाई बुधबार बिहानै ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई हराएका ग ९ प ७४२५, ग ९ प २६३० र ग १६ प ९००६ नम्बरका तीन मोटरसाइकलसहित पोखरा ३३ बागमारा–कालिका भित्री सडक खण्डबाट नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ