काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न विषयमा सम्झौता र समझदारी भएका छन् । दिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार नेपाल-भारत पारवहन सम्झौता नवीकरण गरिएको हो । तल्लो अरुणको पीडीए गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, नेपालगन्ज, भैरहवा तथा चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति दुई देशबीच भएको छ ।
भ्रमणमा नेपालले जलमार्ग बनाउन सक्ने, नयाँ रेल लिंक स्थापना गर्ने, भारतीय रेल संस्थानमा नेपाली कर्मचारीले तालिम लिने, सुदूरपश्चिममा २ वटा पुल बनाउने, क्रस बोर्डर पेमेन्ट, रासायनिक मल कारखाना खोल्न सहयोग गर्नेलगायतका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीबारे प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
यस्तै अमलेखगन्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने र सिलिगुडीबाट झापाको चारआलीसम्म पाइपलाइन निर्माण गर्ने सहमति भएको छ ।
यस्तै बुटवल-गोरखपुर ४०० केभीए क्षमताको डलब सर्किट पावर प्रसारणलाइन उद्घाटन भएको छ । बुटवलदेखि भारतको गोरखपुरसम्म १२० किलोमिटर लामो प्रसारणलाइनको सम्झौता भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यो सम्झौतासँगै नेपालमा उत्पादन विद्युत भारतमा बिक्री गर्न थप सहज भएको छ ।
भ्रमणका क्रममा क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेगरी अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । यससँगै नेपाली नागरिक भारत जाँदा या भारतीय नागरिक नेपाल आउँदा क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले विराटनगर भन्सारको कस्टम यार्डसम्म कार्गो रेलको सुरुवात गरेका छन् । नेपालसँगको सीमासहित सबै समस्या समाधान गर्ने बताउँदै मोदीले सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल-भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार आएको बताएका छन्।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने