बाटोमा हिंडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गर्ने पक्राउ

बाटोमा हिंडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गर्ने पक्राउ

sikri

सांकेतिक फोटो

काठमाडौं। सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका -१ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले मंगलबार काठमाडौं महानगरपालिका -३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री लुटपाट गरी भागेका थिए।

मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका-५ जोरपाटीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ