पर्यटनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कूटनीतिक पहल गरिराखेको बताएका छन्।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायमा निराशा छाएको भन्दै आफूले भारत र चीनका विभिन्न सहरबाट उडान भर्न पहल गरिराखेको बताए।
‘पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा तपाईंहरूमा निराशा छाएको छ, मेरो स्तरबाट कूटनीतिक छलफल जारी राखेको छु,’ उनले भने, ‘चीनको विभिन्न सहरबाट र भारतको विभिन्न सहरबाट पोखरा उडान गर्न सक्यौं भने स्वाभाविक रूपमा पोखरा पर्यटनको केन्द्र बन्छ।’
मन्त्री किराँतीले यही जुन २२ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा चार्टर्ड उडान गर्ने सहमति भएको पनि बताए। विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न पोखरा–चीन सिधा उडान प्रस्थान विन्दु बन्ने उनले दाबी गरे।
नेपालको आर्थिक समृद्धिको स्रोत पर्यटन रहेको भन्दै उनले प्रकृति र संस्कृतिलाई ब्राण्डिङ गर्नुपर्ने बताए। पोखरास्थित तत्कालीन राजपरिवारको दरबार सर्वसाधारणलाई खुला गर्दै मन्त्री किरातीले रत्नमन्दिर पर्यटकका लागि भुल्ने ठाउँ बनेको बताए।
राजा महेन्द्रले २०१५ सालमा निर्माण गरेको रत्नमन्दिर गणतन्त्र दिवसका अवसरमा सोमबार खुला गरिएको हो।
रत्नमन्दिर प्रवेश गर्न विदेशी पर्यटकले एक हजार र नेपालीले एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने नेपाल ट्रष्टका बोर्ड सदस्य याङजोम शेर्पाले बताइन्। विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क ५० रुपैयाँ लाग्ने उनले बताइन्।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने